झापा : झापाको मेचीनगर नगरपालिका १२ स्थित देउनिया पुलमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा बुद्धशान्ति गाउँपालिका २ का ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेका छन् ।
बिहीबार राति ८ः३५ बजे मेचीनगर नगरपालिका वडा नं. १२ देउनिया पुलस्थित बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post