विराटनगर : विराटनगरमा होटल सञ्चालकले एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ४ नोबेल अस्पताल नजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुर्व्यवहार गरेको आरोपमा सेडाईंलाई पक्राउ गरिएको हो ।
शुक्रबार बिहान ११ बजेतिर बालिकालाई दुर्व्यवहार गरेको भनेर उनीविरुद्ध किटानी जाहेरी परेको डीएसपी बस्नेतले बताए ।
विराटनगर ४ घर भएका सेडाईंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post