झापा : झापाको बाह्रदशी गाउँपालिका ६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बन मुर्मु रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक ३४ वर्षीय वसन्त राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post