झापा : झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट प्रहरीले साढे दुई किलोग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेका भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङलाई अवैध रूपमा बोकेको चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विमानस्थलमा खटिएको प्रहरी टोलीले छिरिङको झोला चेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा दुई किलो पाँच ग्राम चाँदी र २८ हजार पाँच सय भारतीय रुपियाँ बरामद गरेको हो ।
पक्राउ परेकी छिरिङलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post