ओखलढुङ्गा : दहमा डुबेर ओखलढुङ्गामा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको चिशंखुगढी गाउँपालिका ७ ठोट्ने खोलामा साथीहरुसँग पाहा खोज्न गएका सिद्धिचरण ५ चुप्लुका २९ वर्षीय सन्तोष राई पाहा खोज्ने क्रममा चिप्लिएर खोलाको दहमा डुबेर मृत्यु भएको हो ।
चिप्लिएर दहमा बेपत्ता भएका राईको खोजी गर्ने क्रममा सोमबार (आज) बिहान प्रहरीले डुबेकै स्थानबाट शव फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post