झापा : झापाको कन्काई नगरपालिका २ स्थितमा करेन्ट लागेर एकजना युवतीको मृत्यु भएको छ ।
घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएकी २३ वर्षीय मिनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post