झापा : झापाको मेचीनगर नगरपालिका वडा नं. १२ मा बुधबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मेची राजमार्गमा बिग्रिएर रोकिराखेको बोलेरो पिकअपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार रहेका दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करिब ११ बजेतिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटरले हाइवेको बायाँ साइडमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बुद्धशान्ति गाउँपालिका ५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र सोही स्कुटरमा पछाडि सवार इलाम रोङ गाउँपालिका बहुवन बस्ने २९ वर्षीय चेतन रिजालको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post