इटहरी : इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सडक छेउमा अव्यवस्थित लत्रिएका केवल र इन्टरनेटको तार व्यवस्थापन गर्न पत्राचार गरेको छ ।
अव्यवस्थित तारको कारण सहरको शौन्दर्यकरण बिग्रिएको र दुर्घटनाको जोखिम भएको भन्दै तार व्यवस्थापन गर्न पत्राचार गरिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
म्याक्स, सुबिसु, वल्र्ड लिंक, भायानेट, नेपाल टेलिकमलगायतका कम्पनीलाई तार व्यवस्थित गर्न पत्रचार गरिएको हो ।
कम्पनीहरूले तार १५ दिनभित्र व्यवस्थित नगरे कानुन अनुसार कारबाही गरिने उपमहानगरले जनाएको छ ।















Discussion about this post