झापा : झापामा गाडीले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका ८ निवासी ७० वर्षीया टंकमाया सुवेदी रहेकी छन् ।
बिहान ८ बजेर ४० मिनेट बिर्तामोड नगरपालिका ५ वानस्टप मल अगाडि बाटो काट्ने क्रममा मे १ ज ६६१३ नम्बरको गाडीले सुवेदीलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, झापाको कमल गाउँपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्व आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घटनामा परी बसमा सवार २१ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post