सुन्दरहरैँचा : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागूऔषध मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष कैद र नगद एक लाख रुपैँया जरिवाना बेरुजु रही फरार रहेका पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरका ४४ वर्षीय जीवन कुवँर भन्ने जीवनकुमार क्षेत्री रहेका छन् । उनलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागर मोरङमा पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post