Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ७, २०८१
in विविध, समाचार
0
इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता
82
SHARES
Share on FacebookShare on Twitter

फिक्कल (इलाम) : वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ ।

उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन् ।

जमुनामा कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले रु २० लाखको लागतमा धुवाखोला सिँचाइ आयोजना निर्माण गरेपछि उहाँहरु खुसी हुनुभएको हो ।

“आयोजना सम्पन्न भई खेतमा पर्याप्त पानी आउन थालेको छ । पक्की नहरको माध्यमबाट किसानका हाम्रा खेतमा सिँचाइ पुगेपछि वर्षौँंदेखि बाँझिएका खाली जमिनमा पनि खेती गर्ने जाँगर आएको छ”, फागोले भन्नुभयो,“सिँचाइ सुविधा विस्तारपछि मौसमअनुसारका अन्नबाली तथा तरकारीबाली उत्पादन गर्न थालेका छौँ ।”

स्थानीय धुवाखोलाको पानी व्यवस्थापन गरी खेतसम्म पु¥याएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको आयोजना उपभोक्ता समितिका उपाध्यक्षसमेत रहनुभएका किसान फागोले बताउनुभयो । “पहिले पहिले धान रोप्नका लागि आकासेपानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझै राख्नुपर्ने बाध्यता पनि थियो सिँचाइ आयोजना सम्पन्न भएपछि यसपटक समयमै रोपाइ गरेका छौँ” फागोले भन्नुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामका प्रमुख रामनारायण श्रेष्ठले आयोजनाबाट यस क्षेत्रको ७५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको र छ सय ३१ किसान प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो ।

जमुनामा मात्रै होइन यहाँको फाकफोकथुम गाउँपालिका–३ आमचोकका किसान पनि यस वर्षदेखि उत्तिकै खुसी भएका छन् । यहाँ पनि कोशी प्रदेश सरकारको रु २० लाखको लागतमा निर्माण भएको सिम्ले कुलो सिँचाइ आयोजनाले किसानलाई राहत मिलेको छ । यस आयोजनाबाट ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने चार सय ५० किसान परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त सिँचाइ आयोजना उपभोक्ता समितिका सचिवसमेत रहनुएका किसान टेक भारतीले पानी सुविधापछि खेत बाँझै राख्ने समस्या समाधान भएको बताउनुभयो । “विगतका वर्षमा आकासेपानीको पर्खाइमा त असार–साउन नै बित्ने गर्दथ्यो, सिँचाइ सुविधा विस्तारपछि यस वर्ष भने समयमै रोपाइ गरेका छौँ”, भारतीले भन्नुभयो, “हामी चार सय ५० किसान परिवार निकै हर्षित छौँ, उत्पादनसमेत बढ्नेमा आशावादी छौँ ।”

जमुना र आमचोक प्रतिनिधि उदाहरण मात्र हुन् । इलाममा कोशी प्रदेश सरकारले सिँचाइ सुविधाका लागि चालु आर्थिक वर्षमा मात्रै रु चार करोड ८० लाख ७० हजार लगानी गरेको छ । त्यसबाट ठूलासाना, नयाँ निर्माण र पुराना मर्मतसम्भार गरी ३५ आयोजनाका लागि उक्त रकम खर्च गरिएको हो ।

तीमध्ये २३ आयोजना सम्पन्न भइसकेका छन् भने आठ आयोजना अन्तिम चरणमा रहेका सिँचाइ विकास डिभिजन इलामका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सम्पन्न भएकामध्ये नयाँ बहुवर्षे सिँचाइ आयोजना चारवटा र मर्मतबाट सम्पन्न भएका सिँचाइ आयोजना १९ रहेका छन् । चारवटा आयोजना भने सुरु हुन नसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

“यस वर्ष इलाममा कोशी प्रदेश सरकारबाट ३५ सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको थियो, सबै आयोजना सम्पन्न भएमा जिल्लामा दुई हजार चार सय दुई हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुनेछ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार आयोजनाबाट जिल्लाका १३ हजार चार सय ६९ जना किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यहाँको रोङ गाउँपालिकामा पनि रु २० लाखको लागतमा बिरिङ कटहरे सिँचाइ आयोजना सम्पन्न भएको छ भने रु ३५ लाखको लागतमा निर्माण भइरहेको सुकेनिन्दा सिँचाइ आयोजना अन्तिम चरणमा छ । माइजोगमाई गाउँपालिकामा रु २० लाख ७० हजारको लागतमा खड्के खोला सिँचाइ आयोजना र रु १८ लाखको लागतमा ढाडे खोला सिँचाइ आयोजना निर्माणकार्य अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

सन्दकपुर गाउँपालिकामा रु १५ लाखको लागतमा गीताङ सिँचाइ आयोजना र पाँच लाख लागत दाहाल खोला टारीबेँसी सिँचाइ आयोजना सम्पन्न भएका छन् । सूर्योदय नगरपालिकामा पनि रु २० लाखको लागतमा आन्द्रे खोला सिँचाइ आयोजना र आठ लाखको लागतमा रम्फोक खोला ढाडे सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

यस्तै, माई नगरपालिकामा रु १५र१५ लाखको लागतमा पलाँसे र लेवाखोला, रु १० लाखको लागतमा लोधिया र रु पाँच लाखको लागतमा लोदिया माई सिँचाइ आयोजना सम्पन्न भएका छन् भने रु २० लाखको लागतमा ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना निर्माणाधीन छ ।

यसैगरी देउमाई नगरपालिकामा रु १५ लाखको लागतमा ढोकेखोला तथा १०/१० लाखको लागतमा सेवा खोला, सियाखोला मुहानचुली कुलो, सियाखोला मुहानचुली कुलो ९१०, सियाखोला मुहान जुवारे कुलो र सियाखोला मुहान जुवारे कुलो सिँचाइ आयोजना ९१० र रु आठ लाखको लगानीमा फाप्लुङम्बा सिँचाइ आयोजना सम्पन्न भएको डिभिजन कार्यालयले जनाएको छ ।

माङसेबुङ गाउँपालिकामा रु १० लाखको लागतमा कुसुण्डे बोहोरागाउँ सिँचाइ आयोजना सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकामा रु २० लाखको लागतमा होयाङ खोला सिँचाइ आयोजना अन्तिमचरणमा रहेको छ ।

इलाम नगरपालिकामा रु १०र१० लाखको लागतमा हुलाके कुलो, जानिटार, छाँगे जर्मने सिँचाइ आयोजना र चिसेनी नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना सम्पन्न भएका छन् भने रु ३५ लाखको लागतमा करफोक खोला सिँचाइ आयोजना निमाणाधीन छ ।

यस्तै, चुलाचुली गाउँपालिकामा रु १० लाखको लागतमा रतुवा खोला सिँचाइ आयोजना र रु छ लाखको लागतमा सानो चाँजु सिँचाइ आयोजना निर्माणकार्य अन्तिमचरणमा रहेको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्रका अनुसार इलाममा ३२ हजार नौ सय ९५ हेक्टर क्षेत्रमा मकै, १३ हजार चार सय ८१ हेक्टर क्षेत्रमा धान, चार हजार पाँच सय ८४ हेक्टर क्षेत्रमा गहुँ, एक हजार पाँच सय ९७ हेक्टर क्षेत्रमा कोदोको व्यावसायिक खेती हुँदै आएको छ ।

यस्तै एक हजार सात सय ५५ हेक्टर क्षेत्रमा अलैंँची, आठ सय ९० हेक्टर क्षेत्रमा किबी, दुई सय ९० हेक्टर क्षेत्रमा सुन्ताला, एक सय २५ हेक्टर कफिको व्यवसायिक खेती हुँदै आएको छ ।

Tags: #राससइलाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते
समाचार

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८३
0

खोटाङ : खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राई...

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा
विविध

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

by रासस
बैशाख २४, २०८३
0

इलाम : सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ...

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३
विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

बैशाख २४, २०८३
धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.