Wednesday, May 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

रासस by रासस
बैशाख २३, २०८३
in विविध, समाचार
0
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
54
SHARES
Share on FacebookShare on Twitter

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल ।

सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो ।

“सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ । म त उत्तै बसिरहुँ लाग्यो”, पोखराबाट आएकी शारदा सुवेदीले भनिन्, “पर्यटक लोभिदा रहेछन् । अलिकति बाटोचाहिँ बनाउनै बाँकी रहेछ ।”

वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन् । याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ ।

“फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम बङ्गालका सिक्किम, दार्जिलिङलगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक आइपुग्छन् ।”

गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले भन्नुभयो । “नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन् । भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ ।”

तीन किलोमिटिर सडक कच्ची भएका कारण नेपालपट्टिको बाटो पर्यटकलाई असहज भएको हो । तर, ढुङ्गाको सोलिङ गरिएको छ । पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो ।

मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्रीअन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवाचोक पुगिन्छ । त्यहाँबाट अन्तु रोड छोडेर सिधैँ उत्तर लाग्दा करिब छ किलोमिटरमा गुफापाताल छ । सीमाक्षेत्र पशुपतिनगरबाट भारत भएर मेची बजार हुँदै कालोपत्रमै गुफापाताल निस्किन सकिन्छ ।

“दुई हजार ६०० मिटर सडक कालोपत्र सकिएको छ । अब, तीन किलोमिटर सडक निर्माण सकिँदा गुफापातालसम्म कालोपत्र पुग्छ ।” वडाध्यक्ष सरन राईले भने “यहाँ वनावटिपन केही छैन । सबै चिज प्राकृतिक हो । चिसो हावा, फूलहरूको सुगन्ध र सुन्दर दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटक आकर्षित भइरहेका छन् । पूर्वाधार विकास पनि भइरहेको छ ।”

यो सीमा क्षेत्र हो । यहाँ नजिकै मेची नदीको मुहान छ । भारत र नेपालको सीमामा रहेको मेची नदीको मुहानमा स्थानीयले पूजा गर्छन् । वर्षौँदेखि स्थानीयले सीमारक्षा गर्दै आएको वडाध्यक्ष राईले बताए ।

Tags: #राससइलाम
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
समाचार

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

by रासस
बैशाख २३, २०८३
0

भोजपुर : यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३
मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.