झापा : झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।
वडा नं. ३ ठूलो केचना बस्ने हरिप्रसाद राजवंशीकी छोरी १२ वर्षीया मनीषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विषालु सर्पले टोकेको थाहा पाएर परिवारले तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post