Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

धरानमा ‘साहित्य उत्सव’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २३, २०८१
in कला साहित्य, समाचार
0
धरानमा ‘साहित्य उत्सव’
132
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा साहित्य उत्सव सम्पन्न गरिएको छ । शनिबार एक कार्यक्रमबीच कलरव धरानले आयोजना गरेको साहित्य उत्सव सम्पन्न भएको हो ।

विभिन्न कार्यक्रम आयोजना गर्दै साहित्य उत्सव समापन गरिएको कलरव धरानका सुदीप पाख्रिनले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रमा रण काफ्लेद्वारा लिखित नियात्रा सङ्ग्रह ‘मत्स्यकन्याको मुलुकमा’ विमोचन गरियो ।

भारतको आसाम निवासी, नेपाली भाषी काफ्लेले नियात्रा सङ्ग्रहमा ३४ वटा शीर्षक समावेश गरेका छन् ।

विमोचन कार्यक्रममा वरिष्ठ भाषाविद प्रा.डा. टंकप्रसाद न्यौपाने प्रमुख अतिथि थिए । उनले कार्यक्रममा बोल्दै आफूले भारत निवासीहरूलाई नेपालीका साहित्य दूतका रूपमा सम्झिने गरेको बताए ।

‘राजनीति भनेको विखण्डन हो, यसले टुक्र्याउँछ । तर, साहित्यले जहिल्यैपनि सम्बन्ध जोडेकै हुन्छ । आज नेपाल र भारतका साहित्यकारको सम्बन्ध साहित्यले नै जोडेको छ,’ उनले भने, ‘नेपाली भन्ने कुरा नेपालको मात्रै होइन, नेपाली लिपि कुनै समुदायको मात्रै होइन । यो अन्तराष्ट्रिय लिपि हो ।’

लिपिका सम्बन्धमा विभिन्न झगडा भएपनि भारतमा बसेर पनि नेपाली साहित्य लेखिरहेकाहरूले नेपाली साहित्यको इतिहासमा दस्तावेज थप्ने काम गरेको न्यौपानेको भनाइ छ ।

उक्त पुस्तकमाथि समीक्षक डा. गोपिकृष्ण खतिवडाले आफ्ना विचार प्रस्तुत गरेका थिए भने इजा प्रकाशनकी संस्थापक मन्जुला तामाङ र माझी उत्थान संघकी अध्यक्ष चिनीमाया माझीलगायतले बोलेका थिए ।

साहित्य उत्सवको दोस्रो कार्यक्रम सिने संवाद रहेको थियो । तर, कलाकार तुलसी घिमिरेको अनुपस्थितिका कारण उक्त कार्यक्रम भने हुन नसकेको सहजकर्ता इन्दु नेपाल योञ्जनले बताए ।

तेस्रो चरणको कार्यक्रममा प्रतिनिधि कविता वाचन रहेको थियो । कविहरू रोशन परियार,  याक्दुहाङ धीरज, विशाल नाल्बो, विवेक विवश रेग्मी, सविता फागो र समीक्षा छिलिङ राईले एक–एक वटा कविता वाचन गरेका थिए ।

यसैगरी चौथो चरणको कार्यक्रम काङमाङ नरेश राईको निबन्ध सङ्ग्रह ‘पानी पतिया’माथि विमर्श कार्यक्रम आयोजना गरियो ।

पत्रकार भोजराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा उपप्राध्यापक राजेश विद्रोही र डा. अस्मिता विष्ट वक्ता रहेका थिए भने लेखक नरेशले प्रश्नहरूको जवाफ दिए ।

त्यससँगै पाँचौ कार्यक्रम समकालीन कविता विमर्श आयोजना गरियो । कवि पराजित पोमुले सहजीकरण गरेको कार्यक्रममा डा. तुलसी गौतम वक्ता थिए ।

यसैगरी कवि जुनु रानाको कविता कृति ‘रातो नदी’ माथि विमर्श कार्यक्रम आयोजना भयो । अध्येता चेवन राईले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिल र सीमा आभास वक्ता रहेका थिए ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ प्रमुख अतिथि थिए । उनले आफू साहित्य धेरै नपढेपनि रूचिको विषय रहेको बताए ।

साथै, कार्यक्रममा कलाकार महेन्द्र राईद्धारा निर्मित विभिन्न चित्रहरूसमेत प्रदर्शन गरिएको थियो ।

कलाकार महेन्द्र राईद्धारा निर्मित चित्रहरू ।
Tags: #धरान#साहित्यकलरवसुदीप पाख्रिन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    876 shares
    Share 350 Tweet 219
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.