झापा : झापामा एक बालकसहित दुई जनाको खोलामा डुबेर मृत्यु भएको छ।
झापा गाउँपालिका २ स्थित सानो माई खोलामा डुबेर सोही ठाउँका सडकवाडी गाउँ निवासी रहमान आलमका छोरा साढे दुई वर्षीय दिलसाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
माई खोलामा डुबेर बालकको सोमबार (आज) बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बाह्रदशी गाउँपालिका २ स्थित राजगढ निवासी ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
स्थानीयले आइतबार राति साढे ९ बजे डुबेको अवस्थामा उनको शव पैनीबाट बाहिर निकालेका थिए । प्रहरीले दुवै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।














Discussion about this post