Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

काव्य सन्ध्या गर्दै इटहरी लेडी जेसीजको सप्ताह कार्यक्रम समापन, वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २९, २०८१
in कला साहित्य, समाचार
0
काव्य सन्ध्या गर्दै इटहरी लेडी जेसीजको सप्ताह कार्यक्रम समापन, वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित
115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी लेडी जेसीजले काव्य सन्ध्या कार्यक्रमको आयोजना गर्दै जेसीज सप्ताह समापन गरेको छ । शनिबार संगीत साधना प्रतिष्ठानको सभाहलमा २११ औँ भानुजयन्तीको अवसर पार्दै इटहरी लेडी जेसीजले काव्य सन्ध्या कार्यक्रममार्फत सप्ताह कार्यक्रम समापन गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्मालाई सम्मान गरिएको थियो । साथै, कविहरूले कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राईसहित इटहरी लेडी जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले वरिष्ठ कवि शर्मालाई नगद दस हजारसहित सम्मान गरे । नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई सम्मान गरिएको हो ।

साथै, कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभलक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले, शकुन्तला मञ्जरी, विवेक विवश रेग्मी, किरण शिवा, अञ्जना पोखरेलले कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसा माजिक विकास मन्त्री राईले देशमा आम नागरिकले आफ्नो अधिकार खोज्नुपर्ने बताए । उनले यसअघि मुलुक अस्थिरतातर्फ उन्मुख भएपनि अब स्थिर हुने विश्वास व्यक्त गरे ।

सम्मानित व्यक्तित्व वरिष्ठ कवि शर्माले महिलाहरूको शब्दकोशमा थकाइ भन्ने शब्द नै नहुने बताइन् । आम मानिसले आफ्नो अधिकार खोज्ने क्रममा अरुको अधिकार हनन गर्न नहुने उनले बताइन् ।

‘कसैलाई हेप्नुपनि हुँदैन, कसैबाट हेपिनुपनि हुँदैन । स्वतन्त्रताको परिभाषा उदण्ड होइन,’ उनले भनिन्, ‘हामी कतिपय महिलाहरूले पुरुषहरूको दिनहराम गरिदिएका छौँ । महिलाहरू उदण्ड बन्दै गएको देख्दा चिन्ता लाग्छ, उदण्ड हुनुहुँदैन ।’

उनले मौन बस्न सक्नुपनि ठूलो कुरा रहेको बताइन् । आफ्नो ‘पोथी बास्नु हुँदैन’कविता जहीँपनि सुनाउन आग्रह गरिने भएपनि अब भने त्यो कविता अभिलेख गरिनुपर्ने उनको भनाइ छ ।

‘यो कविता जति पपुलर हुन्छ, त्यति दिक्क लाग्छ । अब त यो कविता अभिलेखमा जानुपर्ने हो भन्ने लाग्छ,’ शर्माले थपिन् ।

कार्यक्रममा जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले सप्ताह कार्यक्रमभरी विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको बताइन् । उनले सप्ताह कार्यक्रभरी सहयोग गर्नेहरूलाई धन्यवादसमेत ज्ञापन गरिन् । उनका अनुसार सप्ताहको पहिलो दिन असार २२ गते इटहरीको सोल्टी वेष्ट्रेनमा नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापालाई सम्मान गरिएको थियो ।

साथै, अर्थ तथा परराष्ट्र नीति र यसको प्रभावबारे विमर्श कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा डा. मीनेन्द्र रिजाल र डा. विमला पौडेल वक्ता थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

यसैगरी दोस्रो कार्यक्रम राष्ट्रिय माविमा करियर काउन्सिलिङ, तेस्रो कार्यक्रम कविर माविमा प्यासेन्ड बेड हस्तान्तरण, त्यसैगरी चौथो कार्यक्रम इटहरीकै मनमोहन आधारभूत विद्यालयमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना, पाँचौ कार्यक्रम इटहरी १५ पडरिया गाउँमा स्वास्थ्य शिविर र छैटौँ कार्यक्रम कोसी कलेजमा बिजनेश आइडिया सेयरिङ आयोजना गरिएको महासचिव लक्ष्मी बराल गौतमले जानकारी दिइन् ।

Tags: #जेसीज#साहित्यइटहरी लेडी जेसीजइन्दिरा काफ्लेकविताकुन्ता शर्मा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    370 shares
    Share 148 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.