झापा : झापामा दुई वटा मोटरसाइकल एकापसमा ठक्कर भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको गौरादह नगरपालिका वडा नं. १ सितापुरी चोकस्थित भित्री सडकखण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा कमल गाउँपालिका ५ बस्ने २४ वर्षीय सञ्जोग भण्डारीको मृत्यु भएको हो ।
बा ७० प १८४ नम्बरको मोटरसाइकल चालक भण्डारी र मे ६ प ५८१ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. १ बस्ने अन्दाजी वर्ष २८ का दुर्गा ताजपुरीया घाइते भएका थिए ।
दुवै जनालाई उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का मोटरसाइकल चालक ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post