Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कलालय इटहरीको टिम नाटक प्रस्तुतिका लागि भारत प्रस्थान, यस्तो छ नाटकको दृश्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८१
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
कलालय इटहरीको टिम नाटक प्रस्तुतिका लागि भारत प्रस्थान, यस्तो छ नाटकको दृश्य
214
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कलालय इटहरीको टिम नाटक प्रस्तुतिका लागि भारत प्रस्थान गरेको छ । आइतबार भारतको कलकत्तास्थित कल्याणनगरमा नाटक ‘शत्रु’ प्रस्तुत गरिनेछ ।

यसअघि कलकत्ताकै श्यामनगर र कृष्णनगरमा नाटक ‘हिरासत’ र ‘शत्रु’ प्रस्तुत गरेको टिमले यसपटक कल्याणनगरमा नाटक ‘शत्रु’ प्रस्तुत गर्ने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।

उनै जयन्तीको नेतृत्वमा कलालयको टिम शनिबार (आज) भारतको कलकत्ता प्रस्थान गरेको हो ।

‘नवौँ कनक रोय अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा कलालय इटहरीले प्रस्तुति दिने जयन्तीले बताए । ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०मा प्रस्तुत गरिएको उक्त नाटक हामीले अघिल्लो वर्ष भारतमै प्रस्तुत गरेका थियौँ,’ उनले भने, ‘यस वर्ष कलकत्ताको भिन्नै सहर (कल्याणनगर)मा भइरहेको महोत्सवमा हामीले अन्तिम शो प्रस्तुत गर्नेछौँ ।’

उनका अनुसार उक्त महोत्सवमा नेपाल, भारत, बङ्गलादेशलगायतबाट नाटक प्रस्तुत हुनेछन् ।

प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (वीपी)को कथा शत्रुलाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको हो । नाट्यकर्मी प्रज्वल पराजुलीद्धारा निर्देशित उक्त नाटकलाई इटहरीसहित विभिन्न क्षेत्रका दर्शकहरूले रुचाएका थिए ।

नाटकमा प्रजल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराती, नितिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन् ।

नाट्य निर्देशक पराजुली भन्छन्, ‘जीवनमा फूल सोचुन्जेल फूल नै देखिन्छ, काँडा देख्न थालेपछि काँडा नै देखिन्छ । त्यही कथालाई नाटकमार्फत देखाउन खोजिएको छ ।’

यस्तो छ नाटकको दृश्य

‘शत्रु’ नाटकमा तीनवटा ‘प्लट’ गरी चित्रण गरिएको छ । पहिलो ‘प्लट’मा जनकुमारी आफ्नो छोरो बितेको सम्झिएर भक्कानिरहेका छन् ।

छिमेकी घरीघरी उनलाई सम्झाउछन् । जनकुमारीलाई सम्झाउदा उनी आफैँ भावुक बन्छन् । केहीबेरमै गाउँलेहरू जम्मा हुन्छन् । कोही जनकुमारीलाई रुन नहुने भन्दै सहानुभूति दिन्छन् त कोही यताउता भौतारिरहेका छन् ।

नाटकका मुख्य पात्र कृष्ण रायलाई जनकुमारी भन्छिन्, ‘पैसा तिर्नुथियो’ । तुरुन्तै कृष्ण राय भन्छन्, ‘यस्तो बेला पैसाको के कुरा ? पैसा त आवश्यकताको साधन न हो ।’

दोस्रो ‘प्लट’मा भने गोरे जमदार र पण्डितबीचको विवादलाई नाटकमा चित्रण गरिएको छ । उनीहरूबीच जग्गा विवाद हुन्छ । जग्गा विवादका क्रममा ढकाल बा ले कृष्ण रायकहाँ जमदार र पण्डित दुवैलाई मिलापत्र गराउन ल्याएका छन् ।

दुवैलाई साक्षी राखेर कृष्ण राय भन्छन्, ‘तराजु बोक्नेले दुवै पट्टीका भार बोक्न सक्नुपर्छ । अनि मात्रै को सही, को गलत छुट्टिन्छ ।’
तेस्रो ‘प्लट’मा भने मास्टर र कैयाँ व्यापारीबीचको विवादलाई चित्रण गरिएको छ ।

यहाँ कैयाँ व्यापारीबाट मास्टरले सामान बाँकी लगेका हुन्छन् । मास्टरले सामानको मूल्यभन्दा कम मूल्य भनेपछि विवाद उत्पन्न भएको हुन्छ । उक्त विवाद पनि सहजै किसिमले कृष्ण रायले मिलाउने सहमति गराउँछन् ।

एक साँझ जिन्दगी सफल भयो भनेर आनन्ददायी जीवनसाथ सुत्ने तयारीमा छन्, कृष्ण राय । यसबेला भतिज गोपालले उनको मालिस गरिरहेका छन् । काका भतिजबीचको छोटो संवादमै उनी निदाउँछन् । तर, निदाइरहेको समयमा उनीमाथि लट्ठी प्रहार हुन्छ ।

लट्ठी प्रहारपछि ब्यूँझिएका कृष्ण राय त्यसपछि सोच्न थाल्छन् कि, कसले आँफूमाथि प्रहार ग¥यो । जीवनमा आफूले राम्रो मात्रै गरेको बुझेका उनीमाथि प्रहार भएपछि अनेक सोच्न थाल्छन् ।

घरी छटपटाउँछन्, घरी छलफलका क्रममा केही बिराएँ कि भनेर सोच्न थाल्छन् ।

उनले आफूमाथि प्रहार भएका अनेक मानिस सम्झदैँ जाँदा जसो गरेपनि आफूसँग कतै न कतैबाट ‘शत्रु’ छन् भन्ने बुझ्छन् । त्यसपछि उनले दिमागमा शंका मात्रै भर्छन् । जो मान्छे सम्झन्छन्, उसैलाई शंका गर्छन् । र, सबैलाई ‘शत्रु’ देख्न थाल्छन् ।

सबैलाई ‘शत्रु’ देख्दादेख्दै केही समयमै नाटक समापन हुन्छ ।

यो पनि – इटहरीमा अन्तरदेशीय साझा रङ्गमञ्चको समापन, अन्तिम सो ‘शत्रु’ प्रस्तुत

Tags: कलाकलालयटाकुरा विशेषप्रज्वल पराजुलीसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    347 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.