Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा अन्तरदेशीय साझा रङ्गमञ्चको समापन, अन्तिम सो ‘शत्रु’ प्रस्तुत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीमा अन्तरदेशीय साझा रङ्गमञ्चको समापन, अन्तिम सो ‘शत्रु’ प्रस्तुत
115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’ को मंगलबार साँझ समापन गरिएको छ । आइतबारदेखि सुरु भएको नाटकमा चारवटा नाटक प्रस्तुत गर्दै समापन गरिएको हो ।

कलालय इटहरीद्वारा आयोजित ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’ को पहिलो दिन आइतबार भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए ।

कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरिएको थियो ।

यस्तै, सोमबार बिहान दमक थियटरको प्रस्तुतिमा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक प्रस्तुत गरियो । प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरी प्रस्तुत गरिएको हो ।

यस्तै, सोमबार साँझ आरोहण गुरुकुल विराटनगरले ‘नेता जी’ प्रस्तुत गरेको छ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् । मैथिली नाटकार रामभरोस कापडी ‘भ्रमर’को नाटक ‘आवैछेको’ अर्थात् नेताजी सोमबार साँझ प्रस्तुत गरिएको थियो ।

नाटक महोत्सवको अन्तिम दिन मंगलबार बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गरेको छ ।

यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको थियो ।

‘शत्रु’ नाटकमा तीनवटा ‘प्लट’ गरी चित्रण गरिएको छ । नाटक सुरु हुनुअघि करिब पाँच मिनेट कोरियोग्राफ देखाइन्छ । उक्त कोरियोग्राफले नै नाटकको सार झण्डै बुझिन्छ ।

पहिलो ‘प्लट’मा जनकुमारी आफ्नो छोरो बितेको सम्झिएर भक्कानिरहेका छन् । छिमेकी घरीघरी उनलाई सम्झाउछन् । जनकुमारीलाई सम्झाउदा उनी आफैँ भावुक बन्छन् । केहीबेरमै गाउँलेहरू जम्मा हुन्छन् । कोही जनकुमारीलाई नरुनका लागि सहानुभूति दिन्छन् त कोही यताउता भौतारिरहेका छन् ।

नाटकका मुख्य पात्र कृष्ण रायलाई जनकुमारी भन्छिन्, ‘पैसा तिर्नुथियो’ । तुरुन्तै कृष्ण राय भन्छन्, ‘यस्तो बेला पैसाको के कुरा ? पैसा त आवश्यकताको साधन न हो ।’

दोस्रो ‘प्लट’मा भने गोरे जमदार र पण्डितबीचको विवादलाई नाटकमा चित्रण गरिएको छ । उनीहरूबीच जग्गा विवाद हुन्छ । जग्गा विवादका क्रममा ढकाल बा ले कृष्ण रायकहाँ जमदार र पण्डित दुवैलाई मिलापत्र गराउन ल्याएका छन् ।

दुवैलाई साक्षी राखेर कृष्ण राय भन्छन्, ‘तराजु बोक्नेले दुवै पट्टीका भार बोक्न सक्नुपर्छ । अनि मात्रै को सही, को गलत छुट्टिन्छ ।’

तेस्रो ‘प्लट’मा भने मास्टर र कैयाँ व्यापारीबीचको विवादलाई चित्रण गरिएको छ । यहाँ कैयाँ व्यापारीबाट मास्टरले सामान बाँकी लगेका हुन्छन् । मास्टरले सामानको मूल्यभन्दा कम मूल्य भनेपछि विवाद उत्पन्न भएको हुन्छ । उक्त विवाद पनि सहजै किसिमले कृष्ण रायले मिलाउने सहमति गराउँछन् ।

एक साँझ जिन्दगी सफल भयो भनेर आनन्ददायी जीवनसाथ सुत्ने तयारीमा छन्, कृष्ण राय । यसबेला भतिज गोपालले उनको मालिस गरिरहेको छ । काका भतिजबीचको छोटो संवादमै उनी निदाउँछन् । तर, निदाइरहेको समयमा उनीमाथि लट्ठी प्रहार हुन्छ ।

लट्ठी प्रहारपछि ब्यूँझिएका कृष्ण राय त्यसपछि सोच्न थाल्छन् कि, कसले आँफूमाथि प्रहार ग¥यो । जीवनमा आफूले राम्रो मात्रै गरेको बुझेका उनीमाथि प्रहार भएपछि अनेक सोच्न थाल्छन् । घरी छटपटाउँछन्, घरी छलफलका क्रममा केही बिराएँ कि भनेर सोच्न थाल्छन् ।

उनले आफूमाथि प्रहार भएका अनेक मानिस सम्झदैँ जाँदा जसो गरेपनि आफूसँग कतै न कतैबाट ‘शत्रु’ छन् भन्ने बुझ्छन् । त्यसपछि उनले दिमागमा शंका मात्रै भर्छन् । जो मान्छे सम्झन्छन्, उसैलाई शंका गर्छन् । र, सबैलाई ‘शत्रु’ देख्न थाल्छन् ।

सबैलाई ‘शत्रु’ देख्दादेख्दै केही समयमै नाटक समापन हुन्छ । नाटक सकिएपछि हलबाट बाहिरिएका दर्शकलाई भने उही कलाकारहरूले ढुंगा बोकेर प्रहार गर्न लागेको दृश्य अनौठो देखियो ।

कतिपयले याद नगरेको दृश्य पनि हुनसक्छ कि, नाटक सुरु हुनुअघि कलाकारहरूले फूलले स्वागत गरेका थिए । तर, नाटक सकिएपछि भने दर्शक हलबाहिर निस्किदाँ बाहिर ढुंगा बोकेर बसिरहेको दृश्य देखियो ।

यससँगै इटहरीमा जारी अन्तरदेशीय साझा रङ्गमञ्च २०८० को समापन भएको छ ।

प्रसिद्व साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको कथा शत्रुलाई नाट्य रूपान्तरण गरी कलालय इटहरीले नाटक प्रस्तुत गरेको हो । नाट्यकर्मी प्रज्वल पराजुलीको निर्देशनमा तयार भएको नाटकमा प्रजल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराती, नितिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन् ।

नाट्य निर्देशक प्रज्वल पराजुली भन्छन्, ‘जीवनमा फूल सोचुन्जेल फूल नै देखिन्छ, काँडा देख्न थालेपछि काँडा नै देखिन्छ । त्यही कथालाई नाटकमार्फत देखाउन खोजिएको हो ।’

समाजमा सकारात्मक सन्देश दिनेभन्दा पनि बिगार्ने तत्व बढिरहेकाले त्यसलाई चिर्नका लागि पनि नाटकमार्फत चित्रण गरिएको उनको तर्क छ । ‘हामीभित्र कालो, सेतो दुवै छ । हामीले कुन दृष्टिकोणले हेछौँ भन्ने कुरा महत्वपूर्ण कुरा हो । दुई दृष्टिकोणको मनोविज्ञान नै नाटक हो,’ उनले भने, ‘यससँगै हामीले नाटकको समापन गरेका छौँ, इटहरीमा तीनदिनसम्म चलेको नाटक महोत्सवमा चार नाटक प्रस्तुत भए ।’

‘हामीले हरेक वर्ष नाटक महोत्सव गर्ने लक्ष्य लिएका थियौँ,’ कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती भन्छन् , ‘तर कोभिडका कारण बीचको केही वर्ष नाटक गर्न पाइएको थिएन । यसवर्ष दर्शकको भव्य उत्साहका कारण हामीलाई थप प्रोत्साहन मिलेको छ ।’

उनले इटहरीमा नाटक गर्नका लागि थियटर अभाव रहेको र थियटर निर्माणका लागि जग्गा प्राप्त भएमा नाटकमा जीवन खोज्नेहरू जीवन्त हुने तर्क राखे ।

नाटक हेरिसकेपछि प्रसिद्व कवि जसराज किरातीले सामाजमा हुनेगरेका घटनाक्रमलाई नाटकमा मिहिन ढंगले प्रस्तुत गरेको सुनाए । ‘इटहरी सहरै सहरले भरियो । सहरलाई सौन्दर्य बनाउन यो नाटक महोत्सवले थप काम गरेको अनुभूत गरेको छु,’ उनले भने, ‘नाटकलाई सम्पन्न र माथिल्लो वर्गले पनि हित चिताउनुपर्छ ।’

तस्वीरहरू : उजल दुलाल ।

यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : आरोहण गुरुकुलद्वारा ‘नेता जी !’ प्रस्तुत

यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ प्रस्तुत

यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव सुरु, पहिलो दिन भारतीय रङ्गकर्मीको प्रस्तुत

Tags: कलाकलालयटाकुरा विशेषनाटकसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने
FEATURE BREAKING

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

विराटनगर : कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष विभिन्न...

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने
विविध

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

by रासस
साउन २६, २०८३
0

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ ।...

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३
प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

प्रकृति र हिमाली जीवनको अनुभव दिलाउँदै तिम्बुङ पोखरी

साउन २६, २०८३
सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    443 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.