झापा : झापामा माछा मार्ने क्रममा पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय चुन्दे मुर्मुको डुबेर मृत्यु भएको हो ।
उनी र ३५ वर्षीय अक्तर मियाँ गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनु बस्ति नजिकै जमेको पानीमा माछा मार्ने क्रममा मुर्मु अचानक डुबेका थिए ।
डुबेर घाइते भएका उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उनको उपचारको क्रममा शुक्रबार (आज) साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post