भोजपुर : भोजपुरमा बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।
भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४, गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाका अनुसार थारूको शव बुधबार बिहान अरुण नदीको सतिघाटमा फेला परेको हो ।
इखुवा खोलाको बाढीले मंगलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारूसँगै बगेका २६ वर्षीय श्यामकुमार थारू हालसम्म बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
यस्तै, बाढीमा परेका २६ वर्षीय रामकिसन थारूको भने स्थानीयले उद्धार गरिएको थियो ।
बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थायी बेस क्याम्प चौकीडाँडाको टोली खटिएको छ ।













Discussion about this post