झापा : झापामा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान ७ बजेतिर घरको कोठामै उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो। सर्पले डसेर तत्काल घाइते उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।
शरीरमा विष फैलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post