झापा : झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं. १ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।
खेल्ने क्रममा लडेर बालक खोलामा डुबेका थिए ।
डुबेर गम्भीर घाइते भएका उनको स्थानीयको पहलमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post