झापा : झापामा मोटरसाइकलको ठक्करवाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको बाह्रदशी गाउँपालिका वडा नम्बर २ जनता बजारस्थित कुटिबाट राजगढतर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो ।
मे ४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करवाट पैदलयात्री बाह्रदशी १ बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो ।
घाइतेको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पताल मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार झापा कचनकवल गाउँपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते भएका छन् ।
मोटरसाइकल चालक कचनकवल १ पिण्डलबारी बस्ने १९ वर्षीय देवराज राजवंशीलाई जिल्ला प्रहरीले कार्यालय झापाले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post