झापा : पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post