मोरङ : मोरङमा ससुराको हत्या गरेर फरार रहेका एक युवकलाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चरेमा शनिबार ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई धनकुटाको मुलघाटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय रविन राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको संयुक्त टोलीले राईलाई आइतबार पक्राउ गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका–७ स्थितमा आफ्नै घरभित्र शनिबार बिहान ६० वर्षीय चन्द्रबहादुर तामाङको बीभत्स अवस्थामा शव फेला थियो ।
हत्या गरिएको अवस्थामा बिहान ७ः२० बजेतिर शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
आफ्नै घरभित्र चन्द्रबहादुरको बीभत्स शव फेला परेपनि उनका ज्वाइँ (छोरीका श्रीमान) रविन फरार रहेका थिए ।
यो पनि – मोरङमा ज्वाइँले ससुराको हत्या गरेको आशंका, सँगै बसेर मदिरा पिएका थिए…













Discussion about this post