झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका ७ का २१ वर्षीय सबुत हायु रहेका छन् ।
उनको शरीर खानतलासी गर्दा मलद्धारभित्र लुकाएर ल्याएको १ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post