झापा : झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर ६ का ३५ वर्षीय अविशेक लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post