झापा : झापामा म्याजिक गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६५ वर्षीय भारतीय नागरिक आसारुलाल पानवारी छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारस्थित बिर्तामोड-भद्रपुर सडकखण्डमा दुर्घटना भएको हो ।
बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको गाडीले भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर ३ शैनिक मोडमा डेरा गरी बस्ने पानवारीलाई बिहीबार अपराह्न ठक्कर दिएको थियो ।
बिर्तामोडको एक अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी चालक कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post