झापा : झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीकाअुनसार मोटरसाइकलको नम्बर र चालकको पहिचान भने हुन सकेको छैन ।
दुर्घटनापछि बसको गल्ती भएको भन्दै आक्रोशित भएका स्थानीयले बस जलाएका छन् । बसमा आगजनीपछि अहिले राजमार्गमा ठूलो भीड लागेको छ भने पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
अहिले शव घटनास्थलमै छ ।














Discussion about this post