Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तरहरा जेसीजद्धारा खुल्ला लोक नृत्य प्रतियोगिता गर्दै सप्ताह समापन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८१
in विविध, समाचार
0
तरहरा जेसीजद्धारा खुल्ला लोक नृत्य प्रतियोगिता गर्दै सप्ताह समापन
100
SHARES
Share on FacebookShare on Twitter

तरहरा : तरहरा जेसीजको सप्ताह कार्यक्रम समापन भएको छ । मंगलबार इटहरी २० तरहरास्थित सगरमाथा खेल मैदानमा खुल्ला लोक नृत्य प्रतियोगिता गर्दै सप्ताह कार्यक्रम समापन भएको हो ।

जेसीजका उपाध्यक्ष गोविन्द घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त नृत्य प्रतियोगितामा इटहरीका विभिन्न विद्यालय तथा क्लबबाट १४ वटा टिम सहभागी थिए ।

जसमा प्रथम, द्धितीय, तृतीय र शान्तवना क्रमशः कोसी सेन्ट जेम्स कलेज, प्रिमियर कलेज, एप्पल ट्रि मन्टेश्वरी र युथ क्लब आँपगाछी भए ।

विजयीहरूलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा लोक नृत्य अनुसन्धानकर्ता रमानन्द चौधरी र नृत्य निर्देशक प्रनिशा उदास रहेका थिए ।

कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर सङ्गीता चौधरी प्रमुख अतिथि थिइन् । उनले जेसीजले युवाहरूलाई समाजसँग जोड्दै गएकोमा खुशी व्यक्त गरिन् ।

खासगरी जेसीजले हरेक वर्ष सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसैबीच तरहरामा गत कात्तिक ६ गते स्लो बाइक रेस प्रतियोगिता गर्दै सप्ताहको उद्घाटन भएको थियो । सुजित कर्णको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न स्थानका प्रतियोगीहरू सहभागी थिए ।

यसैगरी ७ गते जनसहयोग कलेजमा सुरज क्षेत्रीको संयोजकत्वमा विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भयो । ९ गते सगरमाथा खेल मैदानमा अस्मिता चौधरीको संयोजकत्वमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

यसैगरी १० गते एञ्जल श्रेष्ठको संयोजकत्वमा एरिया ए फुटसल प्रतियोगिता सम्पन्न भएको थियो ।

११ गते सुमन रेग्मीको संयोजकत्वमा चेस प्रतियोगिता सम्पन्न भएको थियो भने लोक नृत्यपछि हाउजी खेल भयो । उक्त खेललाई सरोज खड्काले संयोजन गरेका थिए ।

कार्यकारिणी उपाध्यक्ष मदन बस्नेतको मूल संयोजकत्वमा सम्पन्न सबै कार्यक्रम तरहरा जेसीजककी अध्यक्ष रीता भुसालको सभाध्यक्षमा सम्पन्न भएको महासचिव उत्तम गिरीले जानकारी दिए ।

Tags: #जेसीज#तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
FEATURE BREAKING

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

विविध

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

by रासस
जेष्ठ २१, २०८३
0

झापा : विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.