Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘पुँजीवादका कारण मान्छेहरू आफ्नै स्वभावबाट विमुख भइसके’ : डा. दिवाकर रेग्मी (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १५, २०८१
in टाकुरा विशेष, समाचार
0
‘पुँजीवादका कारण मान्छेहरू आफ्नै स्वभावबाट विमुख भइसके’ : डा. दिवाकर रेग्मी (भिडियोसहित)
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय पुँजीवादका कारण संस्कृति निर्माण गर्नका निम्ति समस्या भइरहेको वक्ताहरूले बताएका छन् ।

बुधबार इटहरीमा पेसागत महासंघ सुनसरीद्धारा आयोजित ‘सांस्कृतिक रूपान्तरणमा पेसाकर्मीको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले संस्कृति निर्माण र रूपान्तरणका निम्ति पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

कार्यपत्र प्रस्तुत गर्दै डा. दिवाकर रेग्मीले समाजवाद उन्मुख संस्कृति निर्माण गर्नको लागि पेसाकर्मीको भूमिका महत्वपूर्ण हुने तर्क गरे ।

करिब एक घण्टासम्म कार्यपत्र प्रस्तुत गरेका उनले पछिल्लो समय समाज पुँजीवादउन्मुख हुँदै गइरहेको बताए ।

‘हिजो मानिस गुफामा बस्थ्यो, कन्दमुल जम्मा गथ्र्यो, परिवारमा बाँडेर खान्थ्यो, उसको संस्कृति कहाँ थियो ?,’ डा. रेग्मीले भने, ‘आज पुँजीवादले दिएका तमाम सुविधा प्रयोग गरिरहेका छौँ, पुँजीवादले ल्याइदिएका अर्थतन्त्रको क्रियाकलापमा अगाडि र सांस्कृतिक परिवर्तनलाई आत्मसाथ गरेर हिँडेका छौँ ।’

उनले संस्कृति भन्ने बित्तिकै दसैँ, तिहार, उधौली, उभौली, धान नाच वा अन्य कुनै पर्व मात्रै नरहेको बताउँदै संस्कृतिको महत्वपूर्ण पाटो भने छुटिरहेको बताए । नेपाली समुदायभित्र संस्कृतिको बहस हुँदा हिजोको संस्कृति र आजको संस्कृतिभित्र ब्यूरोक्रेसीको रोल के हो ? भन्नेबारे बहस हुन आवश्यक रहेको उनको भनाइ छ ।

‘हामीले शैक्षिक संस्कृति, स्वास्थ्य संस्कृतिबारे कुरै गरेका छैनौँ, खासमा श्रम भनेको भौतिक उत्पादन मात्रै होइन । हामी सामाजिक भएर हेर्ने हो भने हामी मानव भइसकेपछि हाम्रो मानवप्रतिको अर्को जिम्मेवारी पनि होला, त्यो बाट बहस हुन आवश्यक छ,’ उनले भने, ‘हामीलाई पुँजीवादले त्यो सिकाएको छैन, हामी आफैँ जस्तो हुन सकेनौँ ।’

उनले पछिल्लो समय मानिसहरू साथी र परिवारबाट टाढिदैँ गएको र मेसिनजस्तो बनिरहेको तर्क गरे । यो हुनुमा चिन्तन प्रणाली वा नैतिक शिक्षाको अभावले नभइ प्रतिस्पर्धाका कारण र पुँजीवादका कारण मान्छेको स्वभावबाट मान्छेहरू विमुख भइसकेको उनले सुनाए ।

‘संस्कृति परिवर्तन हुन्छ, त्यो हामीलाई मास्र्कवादले सिकाएको छ । तर, हामीहरू जहिल्यै पनि शासक वर्गको पृष्ठपोषण मात्रै गर्नाले परिवर्तन भइरहेको छैन । संस्कृति परम्परागत नै हुनुपर्छ भन्ने भाष्य अझै पनि छ । परिवर्तन गर्न खोज्यो भने पुरानाहरूको आङ नै सिरिङ्ग हुन्छ,’ उनले थपे ।

खासगरी मानिसले जीवनयापन गर्ने शिक्षामा एक्लै हिँडेर कहीँ पुगिदैँन भन्ने भाष्य विकास भइरहेपनि पुँजीवादी शिक्षाका कारण ‘तँ एक्लै हिँडिनस् भने कहीँ पनि पुग्दैनस्’ भनेर सिकाइराखिएको उनले उदाहरण दिए ।

‘आफैँले श्रम गरेको संस्थामा आफ्नै स्वामित्व हुँदैन, हामी त्यो अवस्थामा पुगिसक्यौँ । हाम्रा हाकिम साबले तलका कर्मचारीलाई पेल्ने दृष्टिकोण पनि हामीले देखिरहेका छौँ । यो पनि संस्कृति रूपान्तरणका लागि चुनौती हो,’ रेग्मी भन्छन्, ‘तलको काम गर्ने र हाकिमको वर्गबीच पनि भिन्नता छ । त्यसले जस्तो खालको संस्कृति निर्माण गरिरहेको छ, त्यही खालको संस्कृति निर्माण भइरहेको छ ।’

उनले सांस्कृतिक रूपान्तरणका निम्ति सामूहिकताको विकास जरूरी रहेको सुनाए । पेसाकर्मीको लागि आफ्नो पेसा नै संस्कृति रहेकोसमेत उनको भनाइ छ ।

‘सामूहिक लक्ष्य नै संस्कृतिको रूपमा विकास हुन आवश्यक छ । व्यक्तिगत इच्छा त सबैको हुन्छ,’ उनले भने ।

भिडियो

Tags: टाकुरा विशेषदिवाकर रेग्मीसंस्कृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    935 shares
    Share 374 Tweet 234
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    753 shares
    Share 301 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    271 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.