झापा : झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको अर्जुनधारास्थित शनिश्वरे बजारबाट बिर्तामोड तर्फ आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बाँयातर्फको रुखमा ठोक्किएर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजंघा गाउँपालिका वडा नम्बर ६ बस्ने २६ गर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post