झापा : झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेची पुल स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कनकाई नगरपालिका ६ का ३४ वर्षीय विक्रम हस्दाको साथबाट ५ ग्राम ६ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारेर नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका हास्दाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post