Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कञ्चनजङ्घा हिमालको काखमा जनता क्याम्पसको ब्यानर…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २५, २०८१
in टाकुरा विशेष, समाचार
0
कञ्चनजङ्घा हिमालको काखमा जनता क्याम्पसको ब्यानर…

पहिलो तस्बिरमा अर्जुन उप्रेती र प्रदीप केसी । दोस्रो तस्बिरमा अर्जुन उप्रेती ।

207
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विश्वका १० वटा अग्ला हिमालमध्ये नेपालमा आठवटा हिमाल छन् । जसमध्ये कोशी प्रदेशमा मात्रै तीनवटा हिमाल छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्घा र मकालु हिमाल कोशी प्रदेशमै छन् ।

जसमध्ये कञ्चनजङ्घा हिमालको काखमा जनता बहुमुखी क्याम्पसको ब्यानर पु¥याइएको छ । गत असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म कञ्चनजङ्घा हिमाल र कुम्भकर्ण हिमालको आधार शिविर भ्रमणमा रहेका अर्जुन उप्रेतीसहितको टिमले हिमालको काखमा जनता क्याम्पसको ब्यानर पु¥याएका हुन् ।

सोही क्याम्पसमा प्राध्यापन गराउँदै आएका उप्रेती र प्रदीप केसी लगायतको समूह भ्रमणमा रहेका थिए । भ्रमणको क्रममा ब्यानर पु¥याएको उप्रेतीले बताए ।

‘हिमालमा ब्यानर पु¥याउनुको अर्थ भनेको शैक्षिक गुणस्तर पनि त्यो उचाईमा पु¥याउनुपर्छ भन्ने हो,’ उप्रेतीले भने, ‘एकेडेमिक उचाई हिमालको शिरमा पु¥याउनुपर्छ भन्ने मिसन अन्तर्गत कञ्चनजङ्घा र कुम्भकर्ण हिमालमा हामीले क्याम्पसको ब्यानर पु¥याएर एउटा सन्देश दिएका हौँ ।’

तस्बिरमा अर्जुन उप्रेती र प्रदीप केसी ।

जनता क्याम्पस क्यूएएबाट मान्यता प्राप्त भई सञ्चालन हुँदै आएको छ । उक्त क्याम्पस कोशी प्रदेशकै अब्बल क्याम्पसको रूपमा परिचित छ । कोशी प्रदेशका १४ वटै जिल्लासहित मधेस प्रदेश र बागमती प्रदेशका गरी २१ वटा जिल्लाका विद्यार्थीहरू उक्त क्याम्पसमा अध्ययन गर्दै आएका छन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ भने क्याम्पसमा प्राध्यापन गर्ने अध्यापकहरू पि.एच.डि., एपमफिल डिग्री हासिल गरेरका दक्ष रहेको क्याम्पसको दाबी छ ।

खासगरी क्यूएए प्राप्त गरेपछि विश्वविद्यालय अनुदान आयोगलेसमेत स्थानीय पाठ्यक्रम बनाएर स्नातक तहमा अध्यापन गराउने अनुमति दिएको छ । तर, अहिलेसम्म जनता क्याम्पसले स्थानीय पाठ्यक्रम बनाउन सकेको छैन । अब हिमालबारेको (माउण्टेन टुरिजम) विषयको पाठ्यक्रम तयार गरेर दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउँछन्, उप्रेती ।

अग्रज पत्रकार, लेखक तथा अनुसन्धानमा दख्खल राख्ने उनले भने, ‘अब हामीले हिमालको हस्पिलाटी, माउन्टेन गाइड, पर्वतीय पर्यटन, हिमालय संस्कृति, सभ्यता, जैविक विविधता, वातावरण परिवर्तनलगायतका विषय समेटेर पाठ्यक्रम निर्माण गरी अध्यापन गराउन सक्नुपर्छ ।’

विश्वका पहिलो, तेस्रो र पाँचौ हिमाल कोशी प्रदेशमै रहेका कारण र पाँच हजार मिटरभन्दा माथिका दर्जन बढी हिमाल यही प्रदेशमा रहनुले पनि यसबारे पाठ्यक्रम तयार गर्नुपर्ने उनको तर्क छ । ‘यसबारे पाठ्यक्रम तयार पार्न जनता क्याम्पसले चाहेको अवस्थामा फरक विषय पढाउने र रोजगारीको सिर्जना गराउनेगरीको क्याम्पसले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।’

तस्बिरमा अर्जुन उप्रेती ।

उनकाअनुसार हिमालबारेको पाठ्यक्रम तयार भएर अध्ययन भएको अवस्थामा सम्भवतः प्रदेशमै पहिलोपटक हिमालबारेको पाठ्यक्रम अध्यापन हुनेछ । उक्त सन्देश दिनका लागि पनि हिमालको काखमा क्याम्पसको ब्यानर पु¥याएको उनी बताउँछन् ।

खासगरी उक्त क्षेत्रमा हिमाली उपत्यकासमेत रहेको उनले सुनाए । फरक प्रसङ्मा उनले कञ्चनजङ्घा जाने बाटोमै घुन्सा गाउँ आउने र त्यहाँ उत्पादन भएको गलैँचा अन्तराष्ट्रिय स्तरमै प्रख्यात रहेकोसमेत जनाए ।

हिउँचितुवा, रेडपाण्डा, नाउर संरक्षित क्षेत्र रहेको उक्त क्षेत्र एकपटक हरेक नेपालीले पुग्नैपर्ने र लोकप्रिय हिमाली गन्तव्यको रूपमासमेत परिचित हुँदै गएको उनको भनाइ छ ।

Tags: अर्जुन उप्रेतीकञ्चनजङ्घा हिमालटाकुरा विशेषहिमाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते
समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आज...

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    341 shares
    Share 136 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.