झापा : झपाको शिवसताक्षी नगरपालिका १ कमल पुलस्थित पूर्व पश्चिम राजमार्गमा बोलेरो र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो र मे ६ प २५१४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर लाग्दा मोटरसाइकल चालक शिवसताक्षी ८ का ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो ।
बोलेरो चालक मेचीनगर नगरपालिका ८ काकडभिट्टाका ३१ वर्षीय विशाल खवासलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post