झापा : झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा मंगलबार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–११ स्थित तेलिबारी बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर हुँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।
उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए ।
बस, बस चालक उदयपुर चौडण्डीगढी नगरपालिका–६ का ४२ वर्षीय विजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post