झापा : झापामा स्कारपिओको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ मा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको भारतीय गाडीले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मेचीनगर–६ की अन्दाजी ५८ वर्षीया माला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापालाई बाटो क्रस गर्दै गर्दा स्कारपिओले ठक्कर दिएको प्रहरीको भनाइ छ ।
स्कारपिओ चालक भारतको पानीट्यांकी बस्ने २१ वर्षीय विकास विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post