नेपाल विद्यार्थी संघ सुनसरीले जिल्लाका सम्पूर्ण आंगिक तथा सामुदायिक क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।
काठमाडौं र बिरगञ्जमा जबर्जस्ती धरपकड गरिएका विद्यार्थी नेताहरु बिनाशर्त तत्काल रिहाईको माग गर्दै देशभरिको क्याम्पस तालाबन्दी गर्ने केन्द्रीय समितिको निर्णय बमोजिम सुनसरी जिल्ला भरिका क्याम्पसहरुमा आज तालाबन्दी गरेको हो ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेविसंघ इकाई सभापति विवेक लिम्बू सहितका नेता कार्यकर्ताहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए ।
त्यस्तै, पिण्डेश्वर विद्यापिठमा इकाई सभापति सरोज अधिकारीको नेतृत्वमा गएको टोलिले तालाबन्दी गरेको थियो ।

त्यस्तै, इटहरीको जनता क्याम्पसमा इकाई सभापति सहदेव काफ्लेको नेतृत्वमा तालाबन्दी गरिएको थियो भने केन्द्रीय प्रविधि क्याम्पस धरानमा कृष्ण बढुको नेतृत्वमा तालाबन्दी गरिएको नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले जानकारी दिए ।
नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले गएको ३० गते आफ्ना मागहरु प्रस्तुत गर्न उपकुलपति कार्यालय जादैँ गर्दा उपकुलपतिको आदेशमा नेविसंघ नेताहरु सम्झना खत्री सहित ८ जनालाई पक्राउ गरेको थियो ।
तत्काल नेविसंघको नेता तथा कार्यकर्ता रिहाई नगरे अझ शशक्त आन्दोलनको कार्यक्रम गर्ने भट्टराईले बताए ।














Discussion about this post