इटहरी : अत्यधिक गर्मीको कारण देखाउँदै इटहरी उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय बिदा गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले मंगलबार एक सूचना जारी गर्दै तीन दिनसम्म इटहरीभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिइएको जनाएको हो।
सूचनाअनुसार प्रतिकूल मौसम र बढ्दो तापक्रमका कारण नियमित शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बिदा दिने निर्णय गरिएको हो। उक्त बिदा भने शैक्षिक सत्र २०८३ को बर्खे (मिनपचास) बिदाबाट कट्टा हुने जनाइएको छ।
सूचनाअनुसार विद्यालयहरू साउन १८ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुनेछन्।
खासगरी सुनसरीमा पछिल्लो केही दिनयता भइरहेको धार्मिक गतिविधिका कारण अवस्था तनावग्रस्त भएपछि विद्यालयमा बिदा दिइएको हुनसक्ने जानकारहरूको भनाइ छ।

















Discussion about this post