विराटनगर : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेससभाको छठौँ एवं हिँउदे अधिवेशन गरेका छन् ।
खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो ।
मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान भएको छ ।
प्रदेशसभाको पाँचौं अधिवेशन असोज ४ गते अन्त्य भएको थियो ।














Discussion about this post