Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ फुटबल क्लब सेमिफाइनलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०८१
in खेलकुद, समाचार
0
स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ फुटबल क्लब सेमिफाइनलमा
113
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा लोहोरुङ फुटबल क्लब संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा लोहोरुङले चारतारे फुटबल क्लब लेटाङ, मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।

खेलको ३१ मिनेटमा लोहोरुङका लागि सुनील खड्काले १ गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि उनै खड्काको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच उनै खड्का घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टिमका खेलाडीले पटकपटक अवसर गरेपनि गोल गर्नबाट चुके ।

कोशी प्रदेशस्तरीय प्रतियोगिताको इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भइरहेको छ । अब लोहोरुङले बिहीबार विजयी बनेको दमक एकेडेमी फुटबल क्लबसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

आइतबार गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ ।

यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए ।

Tags: #खेलकुदगोल्डकपद योङ ब्रदर्शफुटबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव
FEATURE BREAKING

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : इटहरी, धरानसहित कोशी प्रदेशका प्रमुख सहरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। उद्योगबाट पर्याप्त आपूर्ति हुन...

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८३
0

इटहरी : सुनसरी जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३

झापामा नयाँ उद्योग दर्ता बढ्यो, राजस्व पनि दुई करोड नाघ्यो

साउन १२, २०८३
धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

धनकुटामा ब्रेक फेल भएर दुर्घटनाग्रस्त ट्रकमा आगलागी, चालकले ज्यान जोगाउन सकेनन्

साउन १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

साउन १२, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा आवतजावत निषेध

साउन १२, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनाको असर विराटनगरसम्म, बजार क्षेत्र बन्द

साउन १२, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी नाकाबाट दैनिक औसत २६ विदेशी पर्यटक नेपाल प्रवेश

साउन १२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.