इटहरी : १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइलनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौ प्रवेश गरेको छ ।
बुधबार(आज) इटहरी रंगशालामा भएको पहिलो सेमिफाइलनल खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लबलाई ३–१ गोलको अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।
खेलको ६५ औं मिनटमा यूकेएफसीका हेमराज भूजेलले पहिलो गोल गरे । ६६ मिनेटमै मच्छिन्द्र फुटवल क्लबका ओमलोजाले गोल फर्काएका थिए । ७२ औं र ९२ औं मिनेटमा दुई गोल गरि मछिन्द्रले जीत निश्चत गरेको हो ।
विहीबार दोस्रो सेमिफाइनल खेल धरान फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लब (राजा)द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।












Discussion about this post