झापा : झापामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा जामुनबारीबाट सुरुङ्गातर्फ जाँदै गरेको साइकललाई बुधबार साँझ प्रदेश १–०१–०१३ प ८०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कनकाई–२ का ३३ वर्षीय सविन तामाङ र साइकलयात्री १९ वर्षीय सलिन कार्की घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक तामाङको बिहीबार दिउँसो १ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका साइकलयात्री कार्कीको अवस्था सामान्य छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Discussion about this post