झापा : झापामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–३ स्थित भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो ।
झाटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट खसेर झापा–३ का ६० वर्षीय रमेश हस्दाको मृत्यु भएको हो ।
‘लिफ्ट’ मागेर ट्याक्टरमा चढेका उनी अपरान्ह ४ः३० बजेतिर बेहोस भएर खसेका थिए ।
गम्भीर घाइते भएका हस्दालाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post