झापा : झापामा ट्याक्टरले किचेर सह-चालकको मृत्यु भएको छ । प्र १–०१–००२ त ८३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ निवासी २४ वर्षीय प्रेम गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज (बिहीबार) बिहान ११ बजेको समयमा बुद्धशान्ति १ को भित्री सडक खण्डमा बिरिङ खोलाबाट भोटेटार गाउँतर्फ जाँदै गरेको ट्याक्टर पल्टिदाँ इन्जिनले किचेर गुरुङ गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाए पनि डाक्टरले मृत घोषित गरेका हुन् ।
ट्याक्टर चालक सोही ठाउँका ३४ वर्षीय गणेश गुरुङलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post