इटहरी : कोशी प्रदेशका विभिन्न स्थानमा चट्याङले लागेर २५ वटा चौपाया मरेका छन् ।
संखुवासभाको मकालु गाउँपालिका ३ स्थितमा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरुको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैँसी, एउटा गाई, प्रेमप्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरु मरेको हो ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी झापाको हल्दिबारी गाउँपालिका २ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा २ वटा गाई, एउटा बाछी, एउटा बाख्रा र एउटा पाठो मरेको छ ।
उता, भोजपुरको आमचोक गाउँपालिका ३ का हरी सुवेदीको गोठमा चट्याङ पर्दा एउटा भैंसी र एउटा पाडो मरेको छ । यसैगरी तेह्रथुमको लालीगुँरास नगरपालिका ५ की गीता कार्कीको खोरमा चट्याङ पर्दा २ वटा बाख्रा मरेका छन् ।
यसैगरी उदयपुरको रौतामाई गाँउपालिका ५ का चक्रबहादुर राईको घरमा चट्याङले लागेर ढुङ्गा, माटो र टिनको छानो भएको दुई तले घर र घरभित्र रहेको अन्न, पात, लत्ताकपडा, भाडा, वर्तन र एउटा सुँगुर जल्दा झण्डै ५ लाख बराबरको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो र सोमबार मध्यराति परेको चट्याङले उक्त क्षति भएको हो ।














Discussion about this post