संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ८ मानेडाँडास्थित चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
छिमेकीको घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतीक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
डाक्टरले चेकजाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो ।
घाइते भएका तीन जनालाई थप उपचार भइरहेको छ ।














Discussion about this post