विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर पराजुली वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट प्रहरी सहायक निरीक्षक पराजुलीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले वैशाख १५ गते गाँजा नियन्त्रणमा लिएको थियो ।
चौबिसे गाउँपालिका ५ बोधे स्थितबाट ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको ९ सय ४६ किलोग्राम गाँजा र ट्रकमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिएपछि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो ।
प्रहरी सहायक निरीक्षक पराजुलीबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।












Discussion about this post