विराटनगर : मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरूद्वारा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत, सम्मान तथा शुभकामना व्यक्त गरेका छन् ।
साथै, उद्योग व्यपार संघका पदाधिकारीले वर्तमान शान्ति, सुरक्षा लगायतका विषयहरूमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
आइतवार विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अनिल कुमार साह तथा उपाध्यक्ष विकास कुमार बेगवानी लगायतका पदाधिकारीहरूले स्वागत गरेका हुन् ।
कार्यक्रममा उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रूकेश तण्डुकार तथा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक अनमोल खड्कालाईसमेत स्वागत गरेका थिए ।














Discussion about this post